PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

मास्क नलगाई पाटन दरबार क्षेत्रमा नो इन्ट्री



रासस

मास्क नलगाई पाटन दरबार क्षेत्रमा नो इन्ट्री
फाइल फोटो।

ललितपुर : विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ। महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, 'हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छौं।'

मास्क नलगाएका व्यक्तिलाई बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उनले जानकारी दिए। महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell