PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

माधव नेपालसहित १४ जनाको कारवाहीलाई के गर्ने ? परामर्शमा सभामुख र संसदका महासचिव



पहिलोपोस्ट

माधव नेपालसहित १४ जनाको कारवाहीलाई के गर्ने ? परामर्शमा सभामुख र संसदका महासचिव

काठमाडौं‌ : संसदका महासचिव डा भरत गौतमले नेकपा एमालेका सांसद् माधव कुमार नेपाल सहित १४ जनालाई पार्टीले कारवाही गरेको पत्रको ब्यहोरा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका छन्।

नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलवार दल विभाजनलाई सहयोग हुने गरी अध्यादेश ल्याएको थियो। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली समूह मधाव नेपाल समूहप्रति आक्रमण बनेको थियो।

मंगलवार नै ओलीले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै नेपाल सहित १४ जनालाई कारवाही गरेका पत्र संसद सचिवालयमा पुगेको थियो। तर, समय अभावका कारण हिजो कुनै प्रक्रिया बढ्न सकेन।

आज महसचिव गौतमले सभामुख सापकोटालाई नेपालसहितका सांसदमाथि गरिएको कारवाही बारे जानकारी गराएका हुन्। अहिले कारवाही र प्रक्रियाबारे महासचिव र सभामुखबिच परामर्श भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell