PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ओलीको चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्न बाध्य भयौं : प्रचण्ड



पहिलोपोस्ट

 ओलीको चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्न बाध्य भयौं : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन्।

शहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले ओलीलाई इंगित गर्दै कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृत्ति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गरेका हुन्। त्यही प्रवृत्तिलाई परास्त गर्न आफूहरुले विद्रोहको बाटो रोज्न बाध्य भएको प्रचण्डले बताए।

भने,‘ कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृत्ति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति जो देखा पर्‍यो। र, हामीले त्यसका विरुद्ध संघर्ष गर्नु पर्‍यो। हामीले निर्ममतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यक्ता महसुस गर्‍यौं। विद्रोह गर्नैपर्ने स्थिति देख्यौं। र हामीले विद्रोह गर्‍यौं।’

उनले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृत्तिलाई हावी गर्दै अरुलाई पनि सच्याउने बाटोबाट अघि बढ्ने संकल्प लिएका समयमा पार्टी भित्रैको निरंकुश प्रवृत्तिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell