PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एमालेको अवरोधले आज पनि स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक



पहिलोपोस्ट

एमालेको अवरोधले आज पनि स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक

बुटवल : लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रतिपक्षी दल नेकपा एमालले विरोध जनाउँदै रोष्टम घेराउ गरेर गरेपछि बैठक भोलि दिउँसो १ बजे सम्मको लागि स्थगित गरिएको हो।

एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ।

बैठकमा सहभागी एमाले सांसदले सभामुख कुनैपार्टिको नभई साझा बन्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell