PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

ओलीले गरेको कारवाही रोक्न माग गर्दै माधव पक्षका सांसद पुगे संसद सचिवालय



पहिलोपोस्ट

ओलीले गरेको कारवाही रोक्न माग गर्दै माधव पक्षका सांसद पुगे संसद सचिवालय

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेका सांसदहरुमाथि कारवाही प्रक्रिय रोक्न माग गर्नै माधव कुमार नेपाल समूह संसद सचिवालय पुगेको छ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ जनालाई कारवाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराएका थिए। उक्त पत्रबारे आज संसदका महासचिव भरत गौतमले सभामुख अग्नि सापकोटालाई जानकारी गराएका थिए।

कारवाही गरिएको पत्र के गर्ने भन्ने विषयमा छलफल भइरहँदा नेपाल पक्ष संसद सचिवालय पुगेको हो।

माधव नेपाल समूहका सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठले ओलीले गरेको कारवाही प्रक्रिया रोक्न माग गर्दै संसद भवन पुगेका हुन्। उनीहरुले महासचिव गौतमलाई कारवाही रोक्न पत्र समेत बुझाएका छन्।

को को छन् त कारवाहीको सूचीमा?

सूचीमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, कल्याण खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, कुश्वकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell