PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ओलीको अध्यादेशले जन्मेको जसपा फुट्यो, देउवाको अध्यादेशले



मुकुन्द घिमिरे

ओलीको अध्यादेशले जन्मेको जसपा फुट्यो, देउवाको अध्यादेशले

काठमाडौं : केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशले रातारात जोडिएको थियो, उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी। ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँग समाजवादी पार्टी फुटाउन भन्दै सोही दलका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा एमालेका नेताहरु महेश बस्नेत र किसान श्रेष्ठले होटल मेरियटमा बन्धकसमेत बनाएका थिए।

तर, त्यतिबेला अध्यादेशको चौतर्फी विरोध भयो र ‌ओलीले सोचेजस्तो हुन पाएन। समाजवादी फुट्नु त परको कुरा बरु राष्ट्रिय जनता पार्टी पनि एक भयो। जसले गर्दा अध्यादेश फिर्ता लिन बाध्य भए ओली।

२०७७ साल वैशाख १० गते राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बन्यो। साउन १२ गते राजपत्रमा सूचना प्रकाशित भएसँगै महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको दल जनता समाजवादी पार्टीले आधिकारिकता पायो पनि।

तर, एकताको १६ महिना नबित्दै जसपा फुटेको छ। त्यो पनि अध्यादेशकै आधारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अनुकुल राजनीतिक वातावरण बनाउन मंगलवार दल विभाजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्बाट सिफारिस भयो र बुधवार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरिन्।

लगत्तै जनता समाजवादी पार्टी फुटेको छ।

प्रधानमन्त्री देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै नयाँ पार्टी गठन गर्न ठाकुर, राजेन्द्र महतो पक्षलाई बाटो खुलेको हो। उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि दलबिहीन बनेका ठाकुर पक्षलाई दल गठन गर्ने बाटो खुलेको हो।

नयाँ बनेको पार्टीको नाम जनता समाजवादी लोकतान्त्रिक रहेको छ। त्यस्तै, चुनाव चिन्ह साइकल रहेको छ। 'साइकल गतिशीलताको प्रतीक हो,'  निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएसँग नेता शरतसिंह भण्डारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell