PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल



पहिलोपोस्ट

फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं : नयाँ दल दर्ता गराउन माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।

सरकारले दल विभाजनलाई सहयोग हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न नेपाल बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।

नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला पुस्तक माग गर्दै आयोगमा निवेदन दर्ता गराउने तयारी गरिएको माधव पक्षका नेताहरुले बताएका छन्।

नयाँ पार्टी दर्ता गराउन माधव नेपाल सहित राजेन्द्र पाण्डे, प्रेम आले, रामकुमारी झाँक्री लगायतका नेता पनि आयोग कार्यालय पुगेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell