PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्‍यो, आज थपिए ३४ सय संक्रमित



पहिलोपोस्ट

सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्‍यो, आज थपिए ३४ सय संक्रमित

काठमाडौं : देशभर थप ३ हजार ४०३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १६ हजार ८३८ जनाको कोरोना भाइरस परीक्षण गर्दा ३ हजार ४०३ जनामा संक्रमण देखिएको हो।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ। यी मध्ये ७७० जनाको सघन उपचार कक्षमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै, थप ४२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण देशभर १० हजार ३९६ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell