PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एमाले समाजवादीका अध्यक्ष माधव नेपाल : झलनाथ खनाल वरिष्ठ नेता, कलम चिह्नको पार्टीसँग एकता हुन सक्ने



पहिलोपोस्ट

एमाले समाजवादीका अध्यक्ष माधव नेपाल : झलनाथ खनाल वरिष्ठ नेता, कलम चिह्नको पार्टीसँग एकता हुन सक्ने

काठमाडौं : अन्तत: नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ पार्टी दर्ता गराएका छन्। बुधवार निर्वाचन आयोग पुगेर आफ्नो अध्यक्षतामा नेपालले नयाँ पार्टी दर्ता गराएका हुन्।

दर्ता भएको पार्टीको नाम रहेको छ : नेकपा एमाले समाजवादी।

'हामीले नेकपा एमाले समाजवादी गठन गरेका छौं। यसलाई दर्ता गरेका छौं। दल दर्ताको प्रमाणपत्र पाए पछि राप्ट्रिय सम्मेलन गरेर अघि बढ्नेछौ,' दल दर्तापछि नेता राजेन्द्र पाण्डेले भने।

एमालेमा विवाद बढ्दै गएपछि र सरकार विस्तारमा अवरोध भएपछि शेरबहादुर देउवा सरकारले दल विभाजनलाई सहज बनाउन अध्यादेश ल्याएको हो।

एमाले समाजवादीमा झलनाथ खनाललाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको पाण्डले जनाए। पार्टीमा ९५ जना केन्द्रीय कमिटी सदस्य रहेको उनले बताए। साविकको एमालेबाट ५८ जना केन्द्रीय सदस्य रहेको उनले बताए।

त्यसैगरी पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३१ जना सांसद आफ्नो पार्टीमा रहेको दाबी गरे।

उनले दर्ता भएको पार्टीले चुनाव चिह्न नतोकेको बताए। यसअघि माधव नेपालको नयाँ दलको चुनाव चिह्न खुल्ला किताब हुन सक्ने बताइएको थियो। उनले कलम चुनाव चिह्न लिएको पार्टीसँग एकता हुनसक्नेसमेत बताए।

माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईको नेतृत्वमा यसअघि निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको थियो। यो दलको चुनाव चिन्ह कलम थियो। त्यसैगरी राष्ट्रिय सभा डा खिमलाल देवकोटा कलम चिन्हबाट निर्वाचन लडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell