PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

मर्स्याङ्दीमा आयो बाढी, बगायो पुल



रासस

मर्स्याङ्दीमा आयो बाढी, बगायो पुल
मर्स्याङ्दी नदीको फाइल फोटो।

दमौली : मङ्गलवार राति परेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ। तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएको हो।

व्यास नगरपालिकास्थित छाब्दीदोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा जडानका लागि ल्याउने तयारी भइरहेको थियो।

'उक्त पुल फुकालेर व्यासमा ल्याउने तयारी भइरहेको थियो, केही सामग्री ल्याइसकिएको छ, बाँकी रहेका पुलका सामग्री नदीले बगायो,' तिमिल्सिनाले भने।

गत असार १७ गते आएको बाढीले छाब्दीखोलामा पुल बगाएपछि बेलिब्रिज जडान गर्न काम अगाडि बढाइएको छ तर मस्र्याङ्दी नदीले पुलका सामग्री बगाएपछि काम प्रभावित हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell