PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ।

राजधानीमा युवा संघका कार्यकर्ताले अध्यादेश ल्याएको भन्दै र्‍याली निकालेको हो।

प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए।

युवा संघले अध्यादेशले देश अस्थिरता तर्फ धकेलिएको भन्दै देशभर प्रदर्शन गर्ने जनाएको छ। र्‍यालीका क्रममा माइतीघर क्षेत्रमा प्रहरी र युवा संघ कार्यकर्ताबिच केही समय धक्कामुक्की समेत भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell