PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अध्यादेशको विरोधमा आरआर क्याम्पसअगाडि अनेरास्ववियुको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

अध्यादेशको विरोधमा आरआर क्याम्पसअगाडि अनेरास्ववियुको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।

रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले अध्यादेश ल्याएको विरोधमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए।

अनेरास्ववियुले अध्यादेशले देश अस्थिरता तर्फ धकेलिएको भन्दै देशभर प्रदर्शन गर्ने जनाएको छ। सो क्रममा प्रहरी र अनेरास्ववियुका कार्यकर्ताबीच धक्कामुक्की समेत भएको थियो। केही प्रदर्शनकारीहरु घाइते भएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो। प्रदर्शनकारीहरुले विभिन्न भवन माथिबाट प्रहरीमाथि ढुंगा समेत बर्साएका थिए। ढुंगा लागेर केही प्रहरी पनि घाइते भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell