PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त, माधवको साथ छाडेका खनाल बने मन्त्री



निशा गुरुङ

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त, माधवको साथ छाडेका खनाल बने मन्त्री

हेटौँडा: अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेकपा (एमाले) की उपाध्यक्ष समेत रहेकी शाक्यलाई संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राति राजीनामा दिएलगत्तै एमाले दलको तर्टबाट एकल बहुमतको सरकार गठनको दाबी सँगै पेस भएको थियो। प्रदेश सभा संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री बनाउन दाबी गरिएको थियो। दाबी अनुसार प्रदेश प्रमुख प्रसाईंले शाक्यलाई नियुक्त गरेका हुन्। 

शाक्यले प्रदेश प्रमुख प्रसाईँसँग पद तथा गोपनीयताको शपथ लिएकी छन्। 

शाक्यसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केशवराज पाण्डे, र सामाजिक विकास मन्त्रीमा कृष्ण खनालले शपथ लिएका हुन्। खनाल यसअघि माधव नेपाल समूहमा थिए। नेपालले नयाँ पार्टी गठन गरे पनि आफू उक्त समूहमा नरहेको उनले जनाएका छन्। माधवलाई साथ छाडेका उनले मन्त्रीको जिम्मेवारी पाएका हुन्। 

दुई बाहेक बाँकी मन्त्रालय तत्काललाई मुख्यमन्त्री शाक्यले आफ्नै जिम्मेवारीमा राखेकी छन्।

एमाले संसदीय दलका नेता डोरमणि पौडेलले बुधबार नै राजीनामा दिएका थिए। साथै शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो।

केन्द्रमा भएको राजनीतिक परिवर्तनको पहिलो असर प्रदेशमा परेको हो। नेता माधवकुमार नेपाल पक्षमा रहेकी शाक्यलाई मुख्यमन्त्री दिएर उनी र निकट नेताहरुलाई अध‍यक्ष केपी शर्मा ओली पक्षकले होल्ड गरेको हो। शाक्य यसअघि तत्कालीन प्रधानमन्‍त्री ओलीको चर्को आलोचक  थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell