PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन



पहिलोपोस्ट

राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन

काठमाडौं : राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपाल एपिएफ अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको राजधानी दैनिकले जनाएको छ।

६७ वर्षीय उनी संविधान सभाका सदस्यसमेत थिए। राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष एवं नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन्। शेरचनले वैदेशिक रोजगार व्यवसायसँगै मिडिया सञ्चालनमा ल्याएका थिए। उनलाई नेकपा एमालेले समानुपातिक कोटामा संविधानसभा सदस्य बनाएको थियो। 

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्। शेरचनको आज ११ बजे पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell