PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

फेरि सडकमा प्रहरीको सक्रियता बढ्यो, सूचना सङ्कलनदेखि सादा पोसाकमा प्रहरी परिचालन



पहिलोपोस्ट

फेरि सडकमा प्रहरीको सक्रियता बढ्यो, सूचना सङ्कलनदेखि सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि विरोधमा नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु विरोधमा उत्रिएको छ। एमालेले पनि यसको प्रतिकार गर्ने घोषण गरिसकेको छ। यही अध्यादेशलाई टेकेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निवेदन दिइसकेका छन्।

राजनीति चलायमान हुँदा सुरक्षाकर्मीहरू पनि सक्रिय भएका छन्। अध्यादेशको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुने गतिविधि रोक्न बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। काठमाडौं उपत्यकाभित्र विशेष सुरक्षा व्यवस्थाका साथ प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौंरले बताए।

'शान्तिपूर्ण आन्दोलन गर्नेलाई के गरेका छैनौं। तर कानुन विपरीत गएर कसैले पुत्ला दहन गर्छ वा कानुन विपरीतका गतिविधि गर्छ त्यसलाई नियन्त्रण गर्ने प्रहरी खटाएका छौँ,' एसपी राठौंरले बताए।

बुधवार साँझ काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले अध्यादेश ल्याएको विरोधमा प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो। प्रदर्शनकारीहरुले भवन माथिबाट प्रहरीमाथि ढुंगा बर्साएका थिए। ढुंगा लागेर केही प्रहरी पनि घाइते भएका छन्। त्यस्तै, आज पनि विरोधको कार्यक्रम हुनसक्ने आशंकामा प्रहरीले आफ्नो सादा पोसाक लगायतका प्रहरी परिचालन गरेको छ।

'सूचना संकलन गर्दैछौं। त्यससँगै सादा पोसाकमा समेत प्रहरी परिचालन भएको छ। अप्रिय घटना हुन नदिन प्रहरी लागि परेको छ,' एसपी राठौंरले भने।

त्यसो त अहिले कोरोना संक्रमणको कारण काठमाडौं उपत्यकाभित्र कुनै पनि भिडभाड हुने सम्मेलन, गोष्ठी, प्रदर्शन गर्न निषेध छ। तर राजनीतिक दलहको यस्ता भिडभाड हुने कार्यक्रमलाई प्रहरीले निषेध गर्न भने सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell