PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ अवस्था बुझ्न कांग्रेस उपसभापति निधि मुम्बई जाँदै



पहिलोपोस्ट

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ अवस्था बुझ्न कांग्रेस उपसभापति निधि मुम्बई जाँदै

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस उपसभापति विमलेन्द्र निधि भारतको मुम्बईतिर प्रस्थान गरेका छन्। स्वास्थ्य सम्बन्धी समस्या देखिएपछि नेता गिरी अघिल्लो हप्ता मुम्बई पुगेका थिए।

त्यहाँस्थित हिन्दुजा अस्पतालमा उनको उपचार शुरु भएको गिरीको पारिवारिक स्रोतले जनाएको छ। घाँटीमा समस्या देखिएपछि गिरी उपचारका लागि त्यसतर्फ लागेका हुन्। डाक्टर सुल्तान प्रधानको नेतृत्वमा उनको उपचार जारी रहेको बताइएको छ।

नेता गिरीको स्वास्थ अवस्था बुझ्न कांग्रेस उपसभापति निधि भोलि अस्पताल पुग्ने निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए। 'उपसभापति निधि आज जनकपुर जानुभयो प्लेनबाट। त्यहाँबाट भारतको दरभंगासम्म गाडीमा र दरभंगाबाट प्लेनमा जानुहुने सेड्युल छ। भोलि बिहान अस्पताल पुग्नुहुन्छ,' दाहालले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell