PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भारतबाट ल्याउँदै गरेको ६ केजी चाँदी सहित एक पुरुष समातिए



पहिलोपोस्ट

भारतबाट ल्याउँदै गरेको ६ केजी चाँदी सहित एक पुरुष समातिए

काठमाडौंः अवैध रूपमा भारतबाट ल्याएको चाँदी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बारा घर भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई नियन्त्रणमा लिएको हो।

आज बिहान ८ बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेटमा चेक गर्दे क्रममा पैदल हिँडिरहेका साहको झोला चेक गर्दा चाँदीको गहना फेला परेको थियो। उनको साथबाट ६ केजी १ सय ६८ ग्राम चाँदी फेला परेको प्रहरीले जानकारी दिएको छ।

आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउन लागिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell