PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

राजनीतिक दल सम्बन्धि अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट



पहिलोपोस्ट

राजनीतिक दल सम्बन्धि अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट

काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुन व्यवसायीहरु पुगेका छन्।

आज बिहान अधिवक्ताहरु अनुप अर्याल, प्रवेश केसी, सकुन्तला भुषाल लगायतले अध्यादेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्। रिट निवेदन यो समचार तयार पार्दासम्म दर्ता भने भइसकेको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश बुधवार जारी गरेकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलवार राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रतपति समक्ष सिफारिस गरेको थियो। राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै नेकपा एमालेको माधव नेपाल समूह एमालेबाट अलगिएको थियो। नेपाल समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर नेकपा (एमाले समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएको हो।

नेकपा एमालले भने देउवा नेतृत्वको सरकारले माधव नेपाल समुहलाई फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको भन्दै बिरोध गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell