PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

माधव नेपालको पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड



पहिलोपोस्ट

माधव नेपालको पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

काठमाडौं : माधवकुमार नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।

'हिजोबाट एउटा नयाँ परिस्थित बनेको छ। आज बिहानैमात्र प्रधानमन्त्री, माधवजी र म पनि बसेका थियौं। अब मन्त्रिपरिषद् बिस्तार गर्न ढिलो गर्नु हुँदैन, तुरुन्तै टुङ्ग्याउनुपर्छ भनेका छौं,' उनले भने।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश बुधवार जारी गरेकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलवार राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रतपति समक्ष सिफारिस गरेको थियो। राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै नेकपा एमालेको माधव नेपाल समूह एमालेबाट अलगिएको थियो। नेपाल समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर नेकपा (एमाले समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएको हो।

प्रचण्डले जति छिटो पार्टीको सनाखत हुन्छ त्यति नै चाँडो मन्त्रिपरिषद् गठन हुने बताए। एमाले अध्यक्ष केपी ‌ओलीले ल्याएको अध्यादेश संविधान र लोकतन्त्र सिध्याउने उद्देश्यको र अहिलेको अध्यादेशको लोकतन्त्र, गणतन्त्र संविधानको रक्षाको लागि भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell