PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

गायक जेबी टुहुरेको उपचार हुँदै, स्वास्थ्य अवस्था गम्भीर



पहिलोपोस्ट

गायक जेबी टुहुरेको उपचार हुँदै, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को अस्पतालमा उपचार भइरहेको छ। मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको संगीतकार राजेश थापाले जानकारी दिए।

७६ वर्षिय टुहुरेको अहिले आइसियुमा उपचार भइरहेको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

मस्तिष्कघाटपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको छ। उनको मस्तिष्कको दाँया भागमा रगत जमेको थापाले बताए।

चिकित्सकका अनुसार टुहुरेको मस्तिष्क सुन्निदै गइरहेको छ। बढि उमेर भएको कारणले उनको अप्रेशन गर्न सम्भव नभएको डाक्टरले बताएको थापाले जानकारी दिए। उपचाररत टुहुरेको मस्तिष्कको अवस्थामा हालसम्म सुधार नआएको उनले बताए। थापाले स्वास्थ्यमा थोरै मात्रै सुधार भएको खण्डमा उपचारका लागि दिल्ली लगिने समेत बताए।

सुनसरीको धरान घर भएका टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका हुन्। उनले 'आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ, यो देश मुठ्ठीभरलाई त स्वर्ग छ' जस्ता लोकप्रिय गीत गाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell