PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

माधव नेपालसहित १४ जना माथिको कारवाही प्रक्रिया अघि बढाउन सभामुखलाई ओली पक्षका सांसदको दबाब



पहिलोपोस्ट

माधव नेपालसहित १४ जना माथिको कारवाही प्रक्रिया अघि बढाउन सभामुखलाई ओली पक्षका सांसदको दबाब

काठमाडौं : नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटालाई भेटेर माधवकुमार नेपाल लगायत १४ जनालाई गरिएको कारवाहीको सूचना जारी गर्न दबाब दिएका छन्।

आज सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद खगराज अधिकारी, शान्ता चौधरी, पार्वत गुरुङ, निरुदेवी पाल लगायतले कारवाहीको सूचना जारी गर्न दबाब दिएका हुन्।

सरकारले दल विभाजनलाई सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि ओलीले माधव नेपाल सहित १४ जनालाई कारवाही गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो। तर, उक्त पत्रको प्रकिया अघि बढाइएको छैन। सभामुख सापकोटा कारवाही प्रक्रिया बारे छलफलमा छन्।

यता, अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि माधव नेपाल समूहले नेकपा एमाले फुटाउँदै नेकपा एमाले (समाजवादी) गठन गर्न निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell