PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रामचन्द्र पक्षका जिल्ला सभापतिहरुको देउवालाई प्रश्न : कुन कुन जिल्लामा क्रियाशील विवाद समाधान भयो?



पहिलोपोस्ट

रामचन्द्र पक्षका जिल्ला सभापतिहरुको देउवालाई प्रश्न : कुन कुन जिल्लामा क्रियाशील विवाद समाधान भयो?

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यता विवाद टुंगो लगाउन ध्यानाकर्षण गराएका छन्।

भदौ २ गतेसम्ममा क्रियाशील सदस्यता विवाद टुंग्याउने भनिए अझै विवाद समाधान हुन नसकेपछि जिल्ला सभापतिहरुले देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

उनीहरुले केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता सम्वन्धी समस्याहरु समाधान गरी भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने कार्यतालिका सार्वजनिक गरे पनि आजको दिनसम्म कुनै पनि विवाद समाधान भएको जानकारी नपाएको बताएका छन्।

विवाद समाधान नहुँदा सबै तहका कांग्रेसी नेता र कार्यकर्ताहरु अन्यौल, त्रसित, आतंकित र भयक्रान्त भएको उनीहरुले उल्लेख गरेका छन्। विवाद समाधान नगरी पार्टी सदस्यहरुलाई अन्यौलको अवस्थामा राख्नु पार्टी जीवनकै लागि स्वस्थकर नभएको उनीहरुले बताएका छन्।

'पारदर्शी सदस्यता प्रणाली लोकतन्त्रको आत्मा हो। महाधिवेशनको वातावरण क्रियाशील सदस्यताको सार्वजनिकीकरण र शुद्धिकरणले मात्र सुनिश्चित गर्दछ। तसर्थ, अविलम्व क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न, निर्धारित मापदण्ड बमोजिम समस्याहरुको निराकरण गर्न तथा स्वच्छ, निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न हार्दिक आग्रह गर्दछौं,' उनीहरुले माग गरेका छन्।  

उनीहरुले जिल्ला सभापतिको जायज आवाजलाई नेतृत्वले पटकपटक उपेक्षा गरेको आरोप समेत लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell