PahiloPost

May 15, 2024 | २ जेठ २०८१

एमाले अध्यक्ष ओलीको आरोप : षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो!



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीको आरोप : षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो!

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ढेड वर्षसम्म धान्न नसक्ने दावी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन्।

अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको बताउँदै उनले तमासा देखाइरहेको आरोप लगाए।

त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको बताए। उनले भने, 'एमाले कर्कलको पातको पानी होइन।' केही प्रतिकृयावादी शक्तिहरुले एमाले ध्वस्त पार्न खोजेको बताउँदै उनले त्यसलाई सफल हुन नदिने दावी गरे।

अध्यक्ष ओलीले देउवा सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे। 'असंसदीय हिसाब र षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो,' ओलीले भने, 'कानुन चाहिएको भए संसदमा छलफल गर्न सकिन्थ्यो।'

नेकपा एमाले पार्टी फुटाउनकै लागि षड्यन्त्रणपूर्ण रुपमा अध्यादेश ल्याएको ओलीको आरोप थियो। उनले त्यसलाई लोकतन्त्र विरुद्धको षड्यन्त्र भएको बताए। 'एमालेले जारी नगर भन्दाभन्दै बलपूर्व तरिकाले संविधान मिचेर ल्याइएको हो,' ओलीले भने।

उनले आफू लाग्ने हो भने माधवकुमार नेपाल समूहलाई १० प्रतिशत समेत पुर्‍याउन नसक्ने बनाइदिने दावी समेत गर्न भ्याए। सरकारको अध्यादेशको विरोधमा निस्किएका प्रर्दशनकारी माथि दमन भएको भन्दै सरकारले नेकपा एमालेमाथि तानाशाही, गौर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी समेत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell