PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सांकेतिक रुपमा मात्रै जनै पूर्णिमा र गाईजात्रा मनाउन प्रशासनको अपील



पहिलोपोस्ट

सांकेतिक रुपमा मात्रै जनै पूर्णिमा र गाईजात्रा मनाउन प्रशासनको अपील

काठमाडौं : जनै पूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ।

बिहीवार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमण दर उच्च रहेकाले स्वास्थ्य प्रोटोकल पालना गरेर परम्परागत रुपमा संकेतिक तबरले पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो।

यो वर्ष भदौ ६ गते जनै पूर्णिमा र ७ गते गाई जात्रा रहेको छ। जनै पूर्णिमामा देशभर सार्वजनिक विदा दिइएको छ भने गाई जात्रामा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ।

काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ। भिडभाडजन्य गतिविधि र मन्दिर प्रवेश समेत निषेध हुँदै आएको छ। बजारहरु खुला हुन थालेपछि पछिल्लो समय संक्रमण दर फेरि बढ्न थालेको छ। प्रशासनले हाल काठमाडौंमा निषेधाज्ञा जारी नै रहेको र संक्रमण दर उच्‍च रहेकोले पर्वहरुमा भिडभाड नगर्न समेत अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell