काठमाडौं : देशभर १६ हजार ४३८ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको छ। ११ हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जनामा र ४ हजार ४९२ जनाको एन्टीजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण देखिएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा २ हजार १२६ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ५०० पुगेको छ।
संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको छ। देशभर हालसम्म संक्रमणका कारण १० हजार ४२९ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१ हजार ११ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। हालसम्म ४८ लाख १७ हजार ९८५ जनाले कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाइसकेका छन्। यस्तै, ३७ लाख ८ हजार ६८८ जनाले पूर्ण खोप लगाइसकेका छन्।

