काठमाडौं : माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई केपी शर्मा ओलीले फर्कन आह्वा नगरेका छन्। 'त्यो लिस्टमा भएका साथीहरु आउनुहोस् काम गरौं। देशको भविष्य बनाउँ,' अध्यक्ष ओलीले भने।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारले गतल प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको बताएका आरोप लगाए।
'म आग्रह गर्न चाहन्छु। माधवकुमार नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा पेश गरेका साथीहरु त्यो लिस्टबाट नाम हटाउनुस्। यो तपाईँ हामीद्ये बनाएको पार्टी हो आउनुस्,' ओलीले भने, 'कसैको इर्श्यामा, कसैको कुण्ठामा पार्टीलाई हामीले कमजोर पार्न हुँदैन।'
नेता माधव नेपालले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको भन्दै व्यङ्ग्य समेत गरे उनले। आफ्नो पार्टी देश विकास र जनताको पक्षमा रहेको उनको दावी थियो। 'अब ल्याङ ल्याङ अब सिध्यो। अब ल्याङ ल्याङ छैन,' ओलीको भनाई थियो।
सरकार धान्न सक्दैन
ओलीले अहिलेको सरकारले ढेड वर्षसम्म धान्न नसक्ने दावी गरे।
अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको बताउँदै उनले तमासा देखाइरहेको आरोप लगाए।
त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको बताए। उनले भने, 'एमाले कर्कलको पातको पानी होइन।' केही प्रतिकृयावादी शक्तिहरुले एमाले ध्वस्त पार्न खोजेको बताउँदै उनले त्यसलाई सफल हुन नदिने दावी गरे।
अध्यक्ष ओलीले देउवा सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे। 'असंसदीय हिसाब र षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो,' ओलीले भने, 'कानुन चाहिएको भए संसदमा छलफल गर्न सकिन्थ्यो।'
नेकपा एमाले पार्टी फुटाउनकै लागि षड्यन्त्रणपूर्ण रुपमा अध्यादेश ल्याएको ओलीको आरोप थियो। उनले त्यसलाई लोकतन्त्र विरुद्धको षड्यन्त्र भएको बताए। 'एमालेले जारी नगर भन्दाभन्दै बलपूर्व तरिकाले संविधान मिचेर ल्याइएको हो,' ओलीले भने।
उनले आफू लाग्ने हो भने माधवकुमार नेपाल समूहलाई १० प्रतिशत समेत पुर्याउन नसक्ने बनाइदिने दावी समेत गर्न भ्याए। सरकारको अध्यादेशको विरोधमा निस्किएका प्रर्दशनकारी माथि दमन भएको भन्दै सरकारले नेकपा एमालेमाथि तानाशाही, गौर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी समेत दिएका थिए।
