PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

आरआर र अमृत साइन्स कलेज अगाडि अनेरास्ववियुले जलायो अध्यादेश

आरआर र अमृत साइन्स कलेज अगाडि अनेरास्ववियुले जलायो अध्यादेश

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्धको प्रदर्शनलाई आज पनि जारी राख्यो। सो क्रममा अध्यादेशविरुद्ध अनेरास्ववियुका नेताहरु आज पनि विभिन्न क्याम्पस अगाडि प्रदर्शनमा उत्रिए।

अनेरास्ववियुले आज रत्न राज्यलक्ष्मी क्याम्पस र अमृत साइन्स कलेज अगाडि अध्यादेशको विरोधमा प्रदर्शन गरे। प्रदर्शनको क्रममा विद्यार्थी नेताहरुले अध्यादेशको प्रति जलाए भने मसाल बालेर समेत विरोध गरे।

सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गर्दै आएको छ। प्रदर्शनकारीहरुले देउवा सरकारविरुद्ध समेत नारा लगाएका थिए।

अनेरास्ववियुले अध्यादेशले देश अस्थिरता तर्फ धकेलिएको भन्दै देशभर प्रदर्शन गर्ने जनाएको छ। प्रहरीले प्रदर्शनलाई रोक्न बल प्रयोग गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell