PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

माधव पक्षमा जान चाहने जनप्रतिनिधिले कहाँ दिने निवेदन? दलसम्बन्धी नियमावलीमा यस्तो भयो व्यवस्था



पहिलोपोस्ट

माधव पक्षमा जान चाहने जनप्रतिनिधिले कहाँ दिने निवेदन? दलसम्बन्धी नियमावलीमा यस्तो भयो व्यवस्था

काठमाडौँः नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष रहनेगरि मूल दलबाट छुट्टिएर नेकपा एमाले (समाजवादी) दर्ताको निवेदन बुधबार निर्वाचन आयोगमा दर्ता भइसकेको छ। राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै बुधबार नै नेपाल पक्षले नयाँ दल दर्ताको निवेदन दिएको थियो। लामो समयदेखि नेपाली पक्ष एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट थियो।

दल दर्ताका लागि निवेदन परेसँगै निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन प्रक्रिया बुधबार नै अघि बढाएका थियो। संशोधित नियमावलीले बिहीबार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमति पाएसँगै राजपत्रमा प्रकाशन भइसकेको छ। 

संशोधित नियमावलीले प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई नयाँ दल रोज्न २१ दिनको समय दिएको छ। तोकिएको समयभित्र प्रदेश सभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारीसमक्ष निवेदन दिइ सनाखत गर्नुपर्ने छ।

यस्तै, स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष निवेदन दिइ सनाखत गर्नुपर्ने छ।

नियमावलीका अन्य व्यवस्था राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नै छन्। अध्यादेश अनुसार मूल नियमावलीको अनुसूची ५ संशोधन गरिएको छ।

हेर्नुस् संशोधन भएको नियमावली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell