PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

४० वर्षभन्दा माथिका व्यक्ति र परीक्षा दिने विद्यार्थीलाई भोलिदेखि कोरोनाविरुद्ध खोप, कहाँ कहाँ तोकियो केन्द्र?



पहिलोपोस्ट

४० वर्षभन्दा माथिका व्यक्ति र परीक्षा दिने विद्यार्थीलाई भोलिदेखि कोरोनाविरुद्ध खोप, कहाँ कहाँ तोकियो केन्द्र?
फाइल फोटो

काठमाडौँः ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्ति र विद्यार्थीहरुलाई शुक्रबारदेखि कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाइने भएको छ।

काठमाडौँ महानरपालिका शहरी स्वास्थ्य विभागले सूचना जारी गर्दै ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति, १८ वर्ष उमेर पूरा भएका ‘प्लस टु’ का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाका लागि प्रवेशपत्र लिएका विद्यार्थीहरुका लागि भेरोसेल पहिलो मात्रा लगाउने निर्णय भएको हो। 

स्वास्थ्य सेवा विभाग, तथा जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो। भदौ ४ गते शुक्रबार, शनिबार र भदौ ८ गते मंगलबार काठमाडौँ महानगरपालिकाका सबै वडाबाट खोप लगाइने विभागले जनाएको छ।

खोपका लागि उमेर खुल्ने परिचयपत्र र कागजात अनिवार्य गरिएको छ। बिहान १० बजेखि साँझ ५ बजेसम्म खोप लगाइने छ। 

महानगरका वडाका खोप केन्द्र बाहेक शिक्षण अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र राधास्वामी आइसोलेसन सेन्टरमा पनि खोप केन्द्र तोकिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell