PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अफगानिस्तानबाट बिहीबारसम्म २९६ नेपाली स्वदेश फर्किए, थप ३०० जनाभन्दा बढी सम्पर्कमा



पहिलोपोस्ट

अफगानिस्तानबाट बिहीबारसम्म २९६ नेपाली स्वदेश फर्किए, थप ३०० जनाभन्दा बढी सम्पर्कमा
फाइल फोटो

काठमाडौँः अफगानिस्तानबाट हालसम्म २९६ नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिहीबार जजिरा एयरको कुवेत-काठमाडौँको नियमित उडानबाट आएका ८ समेत गरी २९६ जना स्वदेश फर्किएको जनाएको छ। 

फर्किएका नेपालीको कोभिड परीक्षणलगायतका कार्यका लागि होल्डिङ सेन्टरमा राखिएको छ।

काबुलबाट नेपालीको उद्धार गर्नेबारे मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वको बैठकमा समीक्षा समेत भएको छ। 

मन्त्रालयले थप ३४२ नागरिकले विभिन्न माध्यमबाट विवरण दर्ता गराएको पनि जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell