PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सिड्नीमा बढाइयो लकडाउनको अवधि, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू



पहिलोपोस्ट

सिड्नीमा बढाइयो लकडाउनको अवधि, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू
Photo : Getty Images

अस्ट्रेलियाको सिड्नीमा सेप्टम्बरको अन्त्यसम्मका लागि लकडाउनको अवधि थप गरिएको छ। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि जुन महिनाको अन्त्यदेखि सिड्नी लकडाउनमा छ।

एक हप्तामा सिड्नीमा संक्रमण दर दोब्बर बढेको छ। शुक्रवार ६४२ नयाँ संक्रमित पहिचान हुँदा बिहीबार ६८१ जना संक्रमित भेटिएका थिए।

लकडाउनसँगै करिब २० लाख मानिस बसोबास गर्दै आएको सिड्नी शहरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्‍यू लागू समेत गरिएको छ।

अस्ट्रेलियामा बिहीबार महामारी सुरु भएयताकै सबैभन्द बढी संक्रमित पहिचान भएको अधिकारीहरुले बताएका छन्। हाल सिड्नी सहित मेलबर्न, क्यानबेरा लगायतका क्षेत्रमा समेत डेल्टा भेरियन्टको आउटब्रेक देखिएको छ। ती क्षेत्र पनि लकडाउनमा छन्।

अस्ट्रेलियन अधिकारीहरुका अनुसार हाल अस्ट्रेलियाभर २ करोड ५० लाख भन्दा बढी मानिस लकडाउनमा छन्। डेल्टा आउटब्रेकले सिड्नी सबैभन्दा प्रभावित शहर हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell