PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

माधवकुमार नेपाल सहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन दवाव दिँदै एमाले सांसदहरुको सभामुखको कार्यालयमा धर्ना



पहिलोपोस्ट

माधवकुमार नेपाल सहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन दवाव दिँदै एमाले सांसदहरुको सभामुखको कार्यालयमा धर्ना

काठमाडौं : नेकपा एमालेका केही सांसदहरु सभामुखको कार्यालयमा धर्ना दिन पुगेका छन्।

एमालेले केहीदिन अघि कारबाही गरेका १४ सांसदको नाम टाँस नगरेको भन्दै सांसदहरु सभामुखको कार्यालय सिंहदरबारमा धर्ना दिन पुगेका हुन्।

७२ घण्टा बितिसक्दा पनि सभामुखले कारबाहीको सुचना सार्वजनिक नगरेको भन्दै बिरोधस्वरुप उनीहरु धर्ना दिन पुगेको एमाले सांसद महेश बस्नेतले जानकारी दिए। २०/ २५ जना सांसदले धर्ना दिइरहेको सांसद बस्नेतले जानकारी दिए। आवश्यक परे संसदमा रहेका आफ्ना सय जना सांसदलाई समेत धर्नामा ल्याउने बस्नेतको चेतावनी थियो।

सांसदहरु धर्ना दिन सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुग्दा सभामुख भने उपस्थित थिएनन्। सांसद महेश बस्नेत, गोकुल बास्कोटा, खगराज अधिकारी, निरु पाल लगायतका सांसद धर्ना दिन सभामुखको कार्यकक्षमा पुगेका छन्।

हिजो पनि सभामुखको कार्यकक्षमा पुगेर नेकपा एमालेका सांसदहरूले उनीहरुको सांसद पद खारेज गर्न दवाव दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell