PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सभामुख नआएपछि धर्नामा पुगेका एमाले सांसदहरु फर्किए : माधव नेपालसहित १४ जनाको पद खारेजीको माग



पहिलोपोस्ट

सभामुख नआएपछि धर्नामा पुगेका एमाले सांसदहरु फर्किए : माधव नेपालसहित १४ जनाको पद खारेजीको माग

काठमाडौं : सभामुखको कार्यालयमा धर्ना दिन पुगेका नेकपा एमालेका सांसद सभामुख नआएपछि फर्किएका छन्।

आज बिहान ११ बजेपछि एमालेले केही दिन अघि कारबाही गरेका १४ सांसदको नाम टाँस नगरेको भन्दै सांसदहरु सभामुखको कार्यालय सिंहदरबारमा धर्ना दिन पुगेका थिए। तर, १२ बज्दासमेत सभामुख कार्यकक्षमा नआएपछि उनीहरु फर्किएका हुन्।

'सभामुखले फेस गर्न नै सक्नु भएन। उहाँ नै आउनु भएन। त्यसपछि हामी फर्किएका हौं,' एमाले सांसद शान्ता चौधरीले भनिन्।

७२ घण्टा बितिसक्दा पनि सभामुखले कारबाहीको सुचना सार्वजनिक नगरेको भन्दै बिरोधस्वरुप उनीहरु धर्ना दिन पुगेका थिए। बिहीवार पनि सांसदले सभामुखलाई भेटेर कारबाहीको सूचि टाँस्न माग गरेका थिए। बिहीवारको भेटमा चर्काचर्की समेत भएको थियो।

'हामीले होइन बरु उहाँले नै मुख छोडेर थर्काउनु भएको थियो,' सांसद चौधरीले भनिन्।

सांसदहरु धर्ना दिन सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुग्दा उनी उपस्थित थिएनन्। सांसद महेश बस्नेत, गोकुल बास्कोटा, खगराज अधिकारी, निरु पाल लगायतका सांसद धर्ना दिन सभामुखको कार्यकक्षमा पुगेका छन्।

हिजो पनि सभामुखको कार्यकक्षमा पुगेर नेकपा एमालेका सांसदहरूले उनीहरुको सांसद पद खारेज गर्न दवाव दिएका थिए। सुचना टाँस नभएसम्म दवावको कार्यक्रम जारी राख्ने सांसदले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell