PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

माधव नेपालको पार्टीको नयाँ नाम नेकपा (एकीकृत समाजवादी) !



पहिलोपोस्ट

माधव नेपालको पार्टीको नयाँ नाम नेकपा (एकीकृत समाजवादी) !

काठमाडौं : निर्वाचन आयोगले माधव नेपाल समूहले माग गरे बमोजिम नेकपा एमाले (समाजवादी) नाम नदिने भएपछि नयाँ पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिने भएको छ।

माधव नेपाल समूहका नेता मेटमणि चौधरीका अनुसार समाजवादी पनि पहिले नै दर्ता भएको देखिएका कारण एकीकृत समाजवादी राख्न लागिएको हो।

‘अब पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुन्छ,’ उनले भने, ‘यस सम्बन्धी जानकारी निर्वाचन आयोगमा बुझाइएको पत्रमा समेत सच्याइएको छ।’

यसअघि बुधवार नेकपा एमाले फुटाएर निर्वाचन आयोगमा माधव नेपाल समूहले दल दर्ताका लागि बुझाएको निवेदनमा नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको थियो। तर आयोगले उक्त नाममा माधव समूहलाई दल दर्ताको स्वीकृति दिएन।

आयोगले नेकपा एमाले पहिले नै दर्ता भएको, समाजवादी मात्र पनि निर्वाचन आयोगमा रहेको र यसले अलमल हुने भन्दै नाम फेर्न सुझाव दिएको थियो। सोही अनुरुप यो समूहले नाममा नेकपाको पछाडि एकीकृत समाजवादी  राख्ने निर्णय गरेको हो।

माधव समूहको नयाँ पार्टीको चुनाव चिन्ह पनि टुंगोमा पुगेको छैन। यसअघि निर्वाचन आयोगमा लगिएको निवेदनमा ‘खुल्ला किताब’ चुनाव चिह्न मागिएको थियो। तर, यसअघि नै उन्नत लोकतान्त पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि दर्ता गरेको निवेदनमा सोही चुनाव चिन्ह मागेका कारण त्यसलाई आयोगले अस्वीकार गरेको हो। त्यसपछि चुनाव चिन्हलाई खाली राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell