PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

प्रवेशपत्र देखाएर 'प्लस टु' का विद्यार्थीले लगाए खोप

प्रवेशपत्र देखाएर 'प्लस टु' का विद्यार्थीले लगाए खोप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारले ' प्लस टु' पढ्ने विद्यार्थीलाई लक्षित गर्दै कोरोना बिरुद्धको खोप अभियान सुरु गरेको छ।

आजबाट कक्षा ११ र र १२ मा पढ्ने विद्यार्थीलाई खोप दिन सुरु गरिएको हो। यसअघि सरकारले पहिलो चरणमा फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई खोप दिएको थियो। त्यसपछि बृद्धबृद्धा लक्षित खोप अभियान सुरु गरियो। उमेर समुह तोकेर समेत खोप लगाइयो। अहिले भने विद्यार्थीको परीक्षा र अध्यानलाई समेत ध्यानमा राखेर प्लस टु पढ्ने विद्यार्थीलाई खोप दिन सुरु गरिएको छ।

आजबाट सुरु भएको खोज अभियानमा परीक्षाको प्रवेशपत्र बोकेर विद्यार्थीहरु खोप केन्द्रमा पुगेका थिए। काठमाडौँ महानरपालिका शहरी स्वास्थ्य विभागले सूचना जारी गर्दै ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति, १८ वर्ष उमेर पूरा भएका ‘प्लस टु’ का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाका लागि प्रवेशपत्र लिएका विद्यार्थीहरुका लागि भेरोसेल पहिलो मात्रा लगाउने निर्णय गरेको थियो।

स्वास्थ्य सेवा विभाग, तथा जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो। भदौ ४ गते शुक्रवार, शनिवार र भदौ ८ गते मंगलवार काठमाडौँ महानगरपालिकाका सबै वडाबाट खोप लगाइने विभागले जनाएको छ। खोपका लागि उमेर खुल्ने परिचयपत्र र कागजात अनिवार्य गरिएको छ। बिहान १० बजेखि साँझ ५ बजेसम्म खोप लगाइने छ।

महानगरका वडाका खोप केन्द्रबाहेक शिक्षण अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र राधास्वामी आइसोलेसन सेन्टरमा पनि खोप केन्द्र तोकिएको छ। साथै काठमाडौंका अरु सबै नगरपालिकाले पनि यही विधिअनुसार खोप दिइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell