PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मुख्यमन्त्री फेरिएको असर : गाई जात्रामा वाग्मती प्रदेशभर नै सार्वजनिक विदा



पहिलोपोस्ट

मुख्यमन्त्री फेरिएको असर : गाई जात्रामा वाग्मती प्रदेशभर नै सार्वजनिक विदा

काठमाडौं : पहिलो पटक वाग्मती प्रदेशले गाईजात्राको विदा दिएको छ। यसअघि गाई जात्रा पर्वमा काठमाडौं उपत्यकाभित्र मात्र विदा दिने परम्परा थियो।

स्थानीय पर्वका रुपमा उपत्यका भित्रमात्रै दिँदै आएको भए पनि यसपाला वाग्मती प्रदेशले सूचना जारी गर्दै आगामी सोमवारका लागि विदा हुने जनाएको हो।

प्रदेश सरकारको भदौ २ गते बसेको मन्त्रिपरिषद बैठकले ७ गते सोमवारको गाई जात्राको प्रदेशभरी विदा गर्ने निर्णय गरेको थियो। सिंगो प्रदेशमा विदा हुने भएपछि उपत्यकाका तीन जिल्लाका अलावा, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा समेत सार्वजनिक विदा हुने भएको छ।

हालैमात्र वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन्। गाईजात्रा नेवार समुदायको ठूलो पर्व हो। यसअघि मुख्यमन्त्री रहेका डोरमणि पौडेलको कार्यकालमा यस पर्वमा प्रदेशस्तरमा सार्वजनिक विदाको व्यवस्था थिएन। वाग्मती प्रदेश मुलुकमै नेवार समुदायको सबैभन्दा धेरै जनघनत्व भएको प्रदेश हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell