PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

सरकारविरुद्ध अनेरास्ववियूको भण्डाफोर सभा : कार्यकर्तामा देखिएन उत्साह

सरकारविरुद्ध अनेरास्ववियूको भण्डाफोर सभा : कार्यकर्तामा देखिएन उत्साह

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले राजधानीमा आज भण्डाफोर सभा आयोजना गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोधमा उत्रेको हो। सरकारले अध्यादेश ल्याएसँगै एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल दल फुटाएर नयाँ दल दर्ता प्रक्रियामा छन्।

अनेरास्ववियूले सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने भनिएपनि माइतीघरमा आज थौरै संख्यामा मात्रै कार्यकर्ताको उपस्थिति थियो। भण्डाफोर सभामा विद्यार्थी नेताहरुले देउवा सरकार परमादेशबाट बनेको र अध्यादेशले देश चलाउन खोजेको भन्दै विरोध गरेका थिए। प्रदर्शनका क्रममा सांगितिक प्रस्तुती समेत दिइएको थियो। 

भण्डाफोर कार्यक्रममा उपस्थित कार्यकर्ताहरुमा कार्यक्रम प्रति रुची भने देखिएन। नेताहरु भाषण गरिरहँदा कार्यकर्ताहरु आ-आफ्नै कुराकानीमा व्यस्त देखिन्थे।



ट्रेन्डिङ पोस्ट

Ncell