PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

वाग्मतीका प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ



रासस

वाग्मतीका प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ
फोटो : रासस।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार शर्माले प्रदेश प्रमुख पदको शपथ लिएका हुन्।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell