PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालय टीभी र ओएसआर स्पोर्टसले गर्ने



पहिलोपोस्ट

एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालय टीभी र ओएसआर स्पोर्टसले गर्ने

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्रत्यक्ष प्रसारण हिमालय टीभी र ओएसआर स्पोर्ट्सले गर्ने भएका छन्। कोभिड १९ को महामारीका कारण स्थगित भएको ईपीएल एकपछि अर्को टेस्ट राष्ट्रका स्टार खेलाडीलाई अनुबन्धित गरेपछि चर्चामा छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु छन्। टोलीहरुको नामा विराटनगर्स वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन्।

प्रतियोगिताका लागि लागि पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शहीद अफ्रिदीदेखि श्रीलंकन टिमका पूर्वकप्तान दिनेश चन्डिमाललगायतका खेलाडीहरु ईपिएलमा अनुबन्धित भइसकेका छन्।

प्रतियोगिता असोज ९ गतेबाट २३ गतेसम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell