PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल

काठमाडौं : नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्।

यस वर्ष बेलायतले आयोजना गर्ने कोप २६ सम्मेलन हुन १० हप्ता बाँकी छँदा भएको भेटमा जलवायु परिवर्तनको मुद्दाका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बालुवाटारमा भएको भेटमा कोभिड-१९ विरुद्ध दुई देशबीचको साझेदारीको विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, दुई देशबीच विभिन्न क्षेत्रमा द्वीपक्षिय तथा बहुपक्षीय साझेदारीका विषयमा समेत छलफल भएको छ।

बेलायत र नेपालको प्राथमिकता जलवायु परिवर्तन भएको भन्दै जलवायु परिवर्तन विरुद्ध मिलेर काम गर्ने विषयमा छलफल भएको बेलायती दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell