PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कोरोना संक्रमण भएका कलाकार शम्भुराज थापा 'बखते' को निधन



पहिलोपोस्ट

कोरोना संक्रमण भएका कलाकार शम्भुराज थापा 'बखते' को निधन

काठमाडौंः कलाकार शम्भुराज थापाको निधन भएको छ।

कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्दै आएका थिए। उनी पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए। उनको हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ परिचित थिए। 

यस्तै उनले कलाकार राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए। स्व थापाका श्रीमती एक छोरा र एक छोरी छन्। स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell