PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

२०७१ भदौमा अपहरण, दुई वर्षछि अदालतले ठहर्‍यायो दोषी, २०७८ साउनमा समातिए अपराधी



पहिलोपोस्ट

२०७१ भदौमा अपहरण, दुई वर्षछि अदालतले ठहर्‍यायो दोषी, २०७८ साउनमा समातिए अपराधी

काठमाडौंः प्रहरीले सात वर्षअघि अपहरणमा संलग्न भएका एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका घर भएका ४० वर्षीय वुधन राम चमारलाई पक्राउ गरेको हो। उनलाई पर्साको बस्डिलवा गाउँमा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

वुधन २०७१ भदौ ६ गते भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल नगरपरिषद वडा नम्बर २१ बस्ने २१ वर्षीय रितेश कुमारलाई अपहरण गरी फिरौती रकम माग गर्ने कार्यमा संलग्न भएको खुलेको थियो। त्यस्तै चमारलाई २०७३ असार ६ गतेको जिल्ला अदालत पर्साले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद पचास हजार जरिवाना सुनाएको थियो।

पक्राउ लगत्तै प्रहरीले फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell