PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

लिभरपुलको सहज जित



पहिलोपोस्ट

लिभरपुलको सहज जित
Photo : Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि जित निकालेको छ। घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि २-० को जित निकालेको हो।

खेलको १८ औं मिनेटमा डिएगो जोटाको गोलमा लिभरपुलले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि साडियो मानेले दोस्रो गोल गरेका थिए। उनले खेलको ६९ औं मिनेटमा अलेक्सजेन्डर-आर्नोल्डको पासमा गोल गरेका थिए।

यसअघिको खेलमा नर्विच सिटीमाथि जित निकालेको लिभरपुलको यो लगातार दोस्रो जित हो भने अघिल्लो खेलमा ब्राइटोनसँग पराजय ब्यहोरेको बर्नलीको यो दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell