PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म्यानचेस्टर सिटीको फराकिलो जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको फराकिलो जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली म्यानचेस्टरले नर्विच सिटीमाथि ५-० को फराकिलो जित निकालेको हो।

जारी सिजन लिगको पहिलो खेलमै टोटेनहम हट्सपरसँग पराजय ब्यहोर्दै निराशाजनक सुरुवात गरेको साविक विजेता सिटीले पहिलो जित निकालेको हो।

खेलको ७ औं मिनेटमा टिम क्रोलको आत्मघाती गोलमा अग्रता बनाएको म्यानचेस्टरका लागि दोस्रो गोल यहि सिजन कीर्तिमानी मुल्यमा सिटी आएका ज्याक ग्रिलिस गरे। उनले खेलको २२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा म्यानचेस्टर दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा ऐमेरिक लापोर्टेले गोल थपे। उनले ६४ औं मिनेटमा गोल गर्दा ७१ औं मिनेटमा गाब्रियल जिससको पासमा रहिम स्ट्रलिङले गोल गरे। त्यस्तै पाँचौ गोल रियाद महरेजले ८४ औं मिनेटमा गरे।

त्यस्तै आजै सम्पन्न अन्य खेलहरुमा लिड्स युनाइटेड र एभर्टन २-२ को बराबरीमा रोकिँदा एस्टोन भिल्लाले न्यु क्यासललाई २-० ले हरायो। त्यस्तै क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड गोलरहित बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell