PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

बराबरीमा रोकियो बार्सिलोना



पहिलोपोस्ट

बराबरीमा रोकियो बार्सिलोना
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ बराबरीमा रोकिएका छन्। सन मामेस बरिआमा सम्पन्न खेलमा घरेलु टोली बिल्बाओले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा र रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाएका थिए। तर, बिल्बाओले अग्रता जोगाउन भने सकेन। खेलको ७५ औं मिनेटमा बार्सिलोनाका मेम्फिस डीपेको गोलगर्दै खेल बराबरीमा ल्याए। त्यस्तै खेलको इन्ज्युरी समयमा बार्सिलोनाका एरिक गारसिया रेडकार्ड खाँदै बाहिरिएका थिए।

त्यस्तै गएराति नै सम्पन्न अन्य खेलहरुमा मालोर्काले अलभेसलाई १-० ले हराउँदा स्पानोयल र भिल्लारियल गोलरहित बराबरीमा रोकिए। त्यस्तै ग्रानडा र भ्यालेन्सिया १-१ को बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell