PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

भक्तपुरको गेस्ट हाउसमा भेटिएको शंकास्पद वस्तु : पैसा नतिर्न 'नक्कली बम' को नाटक



पहिलोपोस्ट

भक्तपुरको गेस्ट हाउसमा भेटिएको शंकास्पद वस्तु : पैसा नतिर्न 'नक्कली बम' को नाटक
फाइल फोटो

काठमाडौंः शनिवार राति भक्तपुरको ठिमी स्थित दिव्यश्वरी गेस्ट हाउसमा शंकास्पद बस्तु फेला पर्‍यो। विस्फोटक पदार्थ भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुग्यो। गेस्ट हाउसको भुई तलाको १ सय १० नम्बरमा शङ्कास्पद बस्तु फेला परेको थियो। कुकरभित्र बिजुलीको तार जोडिएर छोपिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरी टोली घटनास्थल पुगेर हेर्दा शङ्कास्पद बस्तु कुनै विस्फोटक पदार्थ नभएको खुल्यो। त्यो त मानिसलाई तर्साउन बम जस्तै बनाइएको मात्र रहेछ।

'हामीलाई खबर आएपछि राति पुगेका थियौँ। हेर्दा कुकरभित्र बिजुलीको तार हालेर लुगाले छोपिएको थियो,' महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले भने।

प्रहरीले मानिसलाई तर्साउने किसिमले त्यस्तो बस्तु राखेको अभियोगमा काभ्रे  तेमाल गाउँपालिका घर भएका ३२ वर्षीय नवीन तामाङलाई नियन्त्रणमा लिएको छ। उनले नै होटेलका सञ्चालकलाई तर्साउन बम जस्तो बनाएर कुकर राखेको स्वकार गरेको डिएसपी गिरीले बताए।

तामाङ साउन ३२ गतेदेखि होटेलमा बस्दै आएका थिए। उनी बुद्ध चित्तको बिक्री गर्न होटेलमा बसेको बताएका छन्। तर होटेलमा बसेको पैसा तिर्नु पर्ने भएपछि बम जस्तो बनाएर राख्दा सञ्चालक भाग्ने भएकाले त्यस्तो कार्य गरेको खुलेको छ। उनले होटेलमा बसेको ४० हजार रुपैयाँ तिर्न रहेको देखिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell