PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

टुसाल युथ क्लबबाट थ्री स्टार पुगे गोलकिपर गुरुङ



पहिलोपोस्ट

टुसाल युथ क्लबबाट थ्री स्टार पुगे गोलकिपर गुरुङ
Photo: Three Star Club

काठमाडौं: ए डिभिजन क्लब थ्री स्टारले गोलकिपर रोशन गुरुङलाई क्लबमा भित्र्याएको छ। १७ वर्षको उमेरमा सी डिभिजन क्लब सानो गौचरणबाट करियर सुरु गरेका ओखलढुंगाका गुरुङले अर्को सी डिभिजन क्लब प्लानिङ बोइज युनाइटेड हुँदै अघिल्लो सिजन बी डिभिजन क्लब टुसाल युथ क्लबको गोलपोस्ट सम्हालेका थिए।

पहिलो पटक ए डिभिजन क्लबमा अनुबन्धित गुरुङले थ्री स्टारमा अनुबन्धित हुन पाउँदा खुशी भएको बताए।

'मैले सँधै यो क्लबबाट खेल्ने सपना बनाएको थिएँ। म कडा मेहेनत गरेर आफू हुनुको महत्व स्थापित गर्नेछु।' गुरुङले भने।

थ्री स्टारले यसअघि अनन्त तामाङ, निराजन महर्जन, मनग्य नकर्मी, सञ्जोग राई र निशान खड्काले करार बढाएको जनाएको थियो। त्यसअघि नेपाल सुपर लिगमा राम्रो प्रदर्शन गरेका डोना थापालाई पनि अनुबन्धित गरेको थियो। त्यस्तै प्रशिक्षकमा थ्री स्टारका पुराना खेलाडी उर्जेन श्रेष्ठलाई अनुबन्धित गरिसकेको छ। त्यस्तै विदेशी खेलाडीका रुपमा मिडफिल्डर राफेल बिडिआसलाई थ्री स्टारले अनुबन्धन गरिसकेको छ। त्यसबाहेक कतारबाट उपचार गरेर फर्किएका कप्तान विक्रम लामासँग पनि करार बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell