PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

काबुल विमानस्थल नजिकै कम्तिमा ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयको दावी



पहिलोपोस्ट

काबुल विमानस्थल नजिकै कम्तिमा ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयको दावी
AFP via Getty Images

काबुलको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कम्तिमा पनि ७ जना अफगानी नागरिकहरु मारिएको बेलातको रक्षा मन्त्रालयले जनाएको छ। तालिवानीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँबाट भाग्न चाहनेहरुको भिडमा उनीहरुको मृत्यु भएको हो। 

'ग्राउन्डको अवस्थामा अत्यन्तै चुनौतिपूर्ण छ तर हामी प्रतिकूलताका बाबजुद त्यसको सुरक्षित व्यवस्थापनका लागि सक्दो गरिरहेका छौं,' रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

अफगानिस्तानबाट धेरै मानिसहरु बाहिरन चाहिरहेको भिडियो सोसल मिडियामा लगातार आइरहेको छ। एक साता अघि अफगानिस्तानमा तालिवानीले तीब्र गतिमा आफ्नो उपस्थिति देखाए। साथै उनीहरुले सिंगो काबुल शहर नै नियन्त्रणमा लिए। त्यसको असर मानिसहरुमा एक किसिमको भयको वातावरण तयार भयो। काबुल विमानस्थलमा त्यसको सबैभन्दा विभत्स दृश्य देखियो।

भिडियोमा मानिसहरुले तारजाली लगाएका ठाउँबाट जोखिम मोलेर विमानस्थल पुगिरहेको देखिन्छ। त्यसरी जानेमा साना नानीहरुदेखि महिलाहरुसम्म सबै छन्। विमानस्थलमा अहिले पनि मानिसहरु छन् जसलाई त्यहाँबाट बाहिर निकाल्न सकिएको छैन। विमानस्थल अस्तव्यस्त छ।

त्यसमाथि बेलाबेलामा चल्ने गोलीका आवाजले मानिसलाई भयभित बनाइरहेको छ। धेरै मानिसहरु कसरी हुन्छ अफगानिस्तान छोड्न चाहन्छन्। काबुल विमानस्थलमा अमेरिकी सेना छ जसले आफ्नो मुलुकका नागरिकको सुरक्षा र उद्धार जारी राखेको छ। हिजोमात्र अमेरिकी दूतावासले एक वक्तव्य जारी गर्दै आफ्ना नागरिकलाई अमेरिकी नागरिकलाई व्यक्तिगत हिसाबले काबुल विमानस्थलमा नजान भनेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell