PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओमन सिरिजका लागि सकियो नेपाली टोलीको अभ्यास, कप्तान र प्रशिक्षकको निचोड : पीएनजीसँगको दुई खेल महत्वपूर्ण

ओमन सिरिजका लागि सकियो नेपाली टोलीको अभ्यास, कप्तान र प्रशिक्षकको निचोड : पीएनजीसँगको दुई खेल महत्वपूर्ण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : विश्वकप लिग २ अन्तर्गत ओमन, अमेरिका र नेपाल सम्मिलित त्रिदेशीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सम्पन्न भएको छ। सिरिज अघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतवार नेपाली टोलीले अन्तिम दिनको अभ्यास गरेको हो।

नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले अभ्यासमा कडा मेहेनत गरेको बताए। मेयरकप पछिको पहिलो ओडीआई नै पपुवा न्युगिनीसँगको खेल भएकाले तयारीका लागि त्यो महत्वपूर्ण हुने बताए।

'मेयरकप पछि हामी पहिलो पटक यो फर्म्याटमा खेल्न गइरहेका छौं। र, त्यो फर्म्याटमा 'रिइन्टर्ड्युस' गर्नका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ' प्रशिक्षक ह्वाटमोरले भने।

कप्तान ज्ञानेन्द्र मल्लले  भने मौसमका कारण तयारी सोचेअनुसार हुन नसकेको बताए।

'मौसम हाम्रो नियन्त्रणको कुरा त भएन त्यसले सोचेअनुसार हुन सकेन। तर जति सम्भव छ, समय सिफ्ट गरेर हुन्छ कि कसरी हुन्छ, फिटेनेसमा वर्कआउट गरिरहेका छौं,' कप्तान मल्लले भने, 'लामो समयपछि लामो फर्म्याटमा खेलिरहेका छौं। त्यसमा पनि युवा खेलाडीहरु ५० ओभरको लामो फर्म्याटमा अभ्यस्त छैन। धेरै कुराहरु ट्राइ गर्ने पनि सोचिरहेका छौं। टिमलाई लिएर। त्यसमा ब्यालेन्स र एक्पोजर मिलाउन खोजिरहेका छौं।'

यसका लागि पीएनजीसँगको सुरुवाती दुई खेल महत्वपूर्ण हुने कप्तान मल्लले बताए।

सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ। जसमा नयाँ अनुहारका रुपमा गुलसन झा टिममा परेका छन्। त्रिदेशीय सिरिज अघि नेपाललाई पपुवा न्युगिनीसँग ५ सेप्टेम्बर र ८ सेप्टेम्बरमा दुई खेल हुनेछ।

विश्वकप लिग टू अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमन र अमेरिकासँग खेलेको थियो। जसमा नेपालले अमेरिकालाई दुबै खेलमा हराएको थियो भने ओमनसँग दुबै खेलमा पराजित भएको थियो। प्रशिक्षक ह्वाटमोरले त्यतिबेलाको खेलमा पनि नेपालको प्रदर्शन फितलो नदेखिएको भन्दै आगामी सिरिज राम्रो हुनेमा आत्मविश्वासी सुनिए।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनास बोहोरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब

टिम पदाधिकारी

प्रमुख प्रशिक्षक: डेभ ह्वाटमोर

व्यवस्थापक: मोहम्मद दाउद अन्सारी

टेक्निकल एनालिस्ट: रमण शिवाकोटी

फिजियो: विक्रम न्यौपाने

ट्रेनर : राकेश काशीभाइ गोहिल



ट्रेन्डिङ पोस्ट

Ncell