PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु



रासस

मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु

लहान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-६ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेका अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell